समाचार तथा सूचना


तथ्यांक उपलब्ध गराइदिने सम्बन्धमा । (अत्यन्त जरुरी)

प्रकाशित मिति : 2017-10-11

श्री सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयहरु , च‍ितवन र सुनसरी .

श्री डिभिजन सहकारी कार्यालयहरु,

                 झापा, मोरङ, उदयपुर, सिराहा, धनुषा, सर्लाही, रौतहट, पर्सा, मकवानपुर, काभ्रे, नुवाकोट, काठमाडौं, बागलुङ, स्याङ्जा, नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, दाङ, बर्दिया, सुर्खेत र जुम्ला ।

        यस विभागले नियमित रुपमा सहकारी सम्बन्धी अद्यावधिक विवरण संकलन तथा प्रकाशन गर्दै आएको व्यहोरा विदितै छ । यस विभागबाट सहकारी तथ्यांक पुस्तीका प्रकाशन गर्नको लागी अा.व २०७३।७४ असार मसान्तसम्मको सहकारी तथ्यांक आवश्यक भएको र तहाँ कार्यालयबाट सो विवरण हालसम्म पनि प्राप्त नभएकोले तपसिलको ढाँचा अनुसार तथ्यांक विवरण तयार गरी  यस विभागको इमेल sahakaribivag@gmail.com मार्फत ३ दिन भित्र पठाउन निर्देशानुसार अनुरोध छ ।

Note: तथ्या‌ंक विवरणा तयार गर्दा दिइएको ढाँचामा उल्लेख नभएको प्रकृतीका सहकारी संस्थाहरुलाई अन्यमा उल्लेख गर्नुहोला ।

तथ्यांक विवरण पठाउने ढाँचा Download गर्नुहोस्