-
नेपाल सरकारलाई सहकारी नीति तथा कार्यक्रम तयार गर्न सहयोग गर्ने,
-
सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरुप सहकारी संघ/संस्थाहरु संचालन गराउने,
-
सहकारी संघ/संस्थाहरुको निरीक्षण, प्रतिवेदन लगायतका अनुगमन सम्वन्धी कार्यहरु गर्ने, गराउने,
-
सहकारी संघ/संस्थाहरुको सूचना तथा तथ्यांकहरुको संकलन, विश्लेषण र प्रकाशन सम्वन्धी कार्य गर्ने, गराउने,
-
सहकारी ऐन र नियमावली वमोजिम सहकारी संघ/संस्थाहरुको संचालन गर्ने, गराउने,
-
सहाकारी संघ/संस्थाको संचालनको क्रममा देखिएका गतिरोधहरु हटाउन आवश्यक समन्वय गर्ने,
-
सहकारी संघ/संस्थाको एकीकरण, विभाजन र विघटन गर्ने, गराउने,
-
सहकारी कानून वमोजिम संचालन नहुने सहकारी संघ/संस्थाहरुलाई दण्ड/जरिवाना गर्ने/गराउने,
-
सहकारी मूल्य, मान्यता तथा सिद्धान्त सम्वन्धी सहकारी शिक्षाका अतिरिक्त सहकारी संघ/संस्था मार्फत संचालन हुन सक्ने व्यावसायिक प्रकृतिका तालीमहरु संचालन गर्ने/गराउने,
-
सहकारी संघ/संस्थाहरुको संचालन पद्धतिलाई व्यवस्थित गर्न आवश्यक सूचना, निर्देशिकाहरु जारी गर्ने,
-
नेपालको सन्दर्भमा सहकारी सम्वन्धी अध्ययन, अनुसन्धान गर्ने गराउने,
-
नेपालका सहकारी अभियानका सम्वद्ध पक्षहरुका वीचमा सहकारी क्रियाकलापको संचालनमा समन्वयात्मक भूमिका निर्वाह गर्ने,
-
सहकारी क्षेत्रमा आवश्यक जनशक्तिको प्रक्षेपण तथा विकास गर्ने,
-
प्रचलित कानून वमोजिम सहकारी संघ/संस्थाहरुलाई प्राप्त हुने राजश्व छुट/सुविधाका लागि आवश्यक सहयोग गर्ने,
-
सहकारी सम्वन्धी दीर्घकालीन र अल्पकालीन सोच/ योजना तर्जुमा गर्ने गराउने,
-
सहकारी सम्वन्धी राष्टिय/अन्तर्राष्टय सभा, सम्मेलन, गोष्ठी, तालिम तथा अध्ययन भ्रमण लगायतका कार्यक्रममा प्रतिनिधित्व गर्ने/गराउने,
-
विभाग अर्न्तगतका निकायहरुको व्यवस्थापन सम्वन्धी कार्यहरु गर्ने ।
सहकारी विभागवाट हाल संचालनमा रहेका क्रियाकलापहरु:
-
सहकारी सम्वन्धी सूचना प्रणालीको विकास,
-
सहकारी प्रणालीको विकास र यसको योगदान सम्वन्धी अध्ययन/अनुसन्धान,
-
संस्थागत विकास,
-
सहकारी कानूनमा समसामयिक सुधार,
-
संस्थागत सुदृढीकरण,
-
सहकारी अभियानका सम्वद्ध निकाय एवं संघ/संस्थाहरुको क्षमता अभिवृद्धि कार्यक्रम,
-
सहकारी अभियानका सम्वद्ध निकायहरुमा संस्थागत प्रतिनिधित्व,
-
अनुगमन र नियमन, आदि ।