सांगठनिक विवरण M
नेपाल सरकारले हालै सहकारी विभाग र अन्तर्गतका कार्यालयमा कार्यरत रहेका कर्मचारीहरु कटौती गर्ने निर्र्णय गरे वमोजिम विभाग र विभाग अन्तर्गतको कार्यालयहरुको पुर्नसंरचना गर्ने कार्यलाई अगाडी वढाइएको छ । यस क्रममा विभागको तर्पmवाट साविकका ६८ जिल्ला सहकारी कार्यालयको वदला कार्यभार, भौगोलिक अवस्थिति, संचार र यातायातको सुगमता एवं मौजुदा पूर्वाधारहरु समेतका आधारमा विभिन्न जिल्लाहरु प्रादेशिक अधिकार क्षेत्र भएका पांच वर्गका जम्मा ३८ डिभिजन सहकारी कार्यालयहरु रहेका छन् । हाल रहेका कार्यालयहरुमा कुल ५९४ विभिन्न श्रेणीका कर्मचारीहरु रहेका छन । यसरी पुर्नसंरचना गरिएका कार्यालयहरु मिति २०६१।१।१ देखि कार्यान्वयनमा आएका छन् । डिभिजन कार्यालयहरुको मुकाम, प्रादेशिक अधिकार क्षेत्र र कुल दरवन्दी विवरण देहाय वमोजिम रहेको छ ।