विभागले कुनै प्रवर्धन कार्यकलाप गर्दा—
- समस्याको अनुभूति मिल्ने;
- साझा स्वामित्वको भावना जगाउने;
- कार्यमूलक सञ्जालीकरणमा सघाउने;
- प्रयत्नहरूमा परिपूरकता सुनिश्चित तुल्याउने;
- पुनः रचनाका अवसरहरूको सर्वेक्षण गर्ने;
- आसलाग्दा व्यावसायिक विचारहरू कार्यान्वयनमा ल्याउने र
- स्व-शासकीय संयन्त्रहरू स्थापित गराउने हेतु लिएको हुन्छ ।
विभागका प्रायः सञ्चालन हुने प्रवर्धन गतिविधिमा देहायका पर्दछन् :
- जनचेतना अभियानहरू;
- खास समूहहरू (जस्तै- बेरोजगार श्रमिक वा भूमिहीन कृषक) का सहकारी संस्था गठन;
- एकीकृत तथ्याङ्क-आधार सृजना एवं उपलब्धिहरूको प्रक्षेपण
- सहकारी व्यावसायिक आयोजना वा सुधारका पहलकदमीका लागि बीउपुँजी, स्थिर पुँजी एवं कार्यक्रम अनुदान र
- भन्सार महसुल वा रजिष्ट्रेशन दस्तुर छुटजस्ता विशेष वित्तीय प्रोत्साहनका लागि सिफारिस ।