महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलागा तृतीया - १८

सहकारी संस्थाले अङ्कित मूल्यमा मात्र सेयर विक्री गर्नुपर्ने विषयको सहकारी विभागको सूचना

सहकारी संस्थाले अङ्कित मूल्यमा मात्र सेयर विक्री गर्नुपर्ने विषयको सहकारी विभागको सूचना

सहकारी ऐन, २०७४ को दफा ६३ को उपदफा (४) मा सहकारी संस्थाको सेयरको अङ्कित मूल्य प्रतिसेयर एक सय रुपैयाँ हुनुपर्ने व्यवस्था रहेको विदितै छ । तदनुसार सहकारी संस्थाले विनियमबमोजिम योग्यता पुगेका सेवा उपयोगकर्ता इच्छुक व्यक्तिलाई एक सेयरमात्र खरिद गरेको खण्डमा पनि स्वैच्छिक तथा खुला सदस्यताको सिद्धान्तबमोजिम कुनै भेदभाव नगरी समान अधिकारसहित सदस्यता प्रदान गर्नुपर्दछ । यदाकदा सहकारी संस्थाहरूले साबिकका सदस्यहरूले खरिद गरेको सेयरबाट नाफासमेत थपिएको भन्नेजस्तो भ्रामक तर्क गरी नयाँ सदस्यलाई सेयर प्रिमियमबापत भनी एक सेयरको एक सय रुपैयाँभन्दा बढी लिने गरेको बुझिएकाले यो सूचना जारी गरिएको छ । अतः नयाँ वा पुराना जुनसुकै सदस्यलाई सहकारी संस्थाको सेयर विक्री गर्दा अङ्कित मूल्य अर्थात् प्रतिसेयर एक सय रुपैयाँका दरले हुने रकममात्र लिनु हुन तथा सेयर प्रिमियम वा त्यस्तै अन्य कुनै नाममा रकम नलिनु हुन जानकारी गराइन्छ । अन्यथा कानुनबमोजिम कडा कारबाई गरिनेछ ।