दोहोरो सदस्यता लिएका सहकारी संस्थाका सदस्यहरूलाई सूचना

प्रकाशित मिति: २०१९-०७-११

नेपाल सरकार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

सहकारी विभाग

सदस्यता लिएका सहकारी संस्थाका सदस्यहरूलाई सूचना

सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा (१) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने र ऐन प्रारम्भ हुनुअघि त्यसरी एकभन्दा बढी संस्थाको सदस्य रहेको भए तीन वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नुपर्ने व्यवस्था भएको बेहोरा विदितै छ । सहकारी ऐन, २०७४ मिति २०७४ साल कात्तिक १ गतेदेखि जारी भएकाले कसैले एकै स्थानीय तहभित्र कार्यसञ्चालन गरिरहेका एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाहरूको सदस्यता लिनुभएको भए २०७७ साल असोज मसान्तभित्रै आफूले छनौट गरेको कुनै एकमात्र सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्था वा संस्थाहरूको सदस्यता अन्त्य गर्नु हुन अनुरोध छ । सहकारी संस्थाहरूले पनि आफ्ना सदस्यहरूलाई अवगत गराएर तदनुसार गर्ने, गराउने व्यवस्था मिलाउनु हुन सूचित गरिन्छ । अन्यथा कानुनबमोजिम कारबाई गरिने बेहोरासमेत जानकारी गराइन्छ ।

Website Views:
Web Counter