श्रमिक सहकारी सङ्घसंस्थाहरूलाई पुनः आयोजना प्रस्ताव पेस गर्ने सम्बन्धी सूचना

प्रकाशित मिति: २०१९-०५-०६

(प्रकाशित मितिः २०७६।०१।२०)

यस विभागको आ.व. ०७५।०७६ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सहकारी सङ्घसंस्थासँगको साझेदारीमा श्रमिक सहकारी सङ्घसंस्थामार्फत देहायका आयोजना सञ्चालन गरी सङ्घसंस्था प्रवर्धन गर्नका लागि बीउपुँजी तथा प्रवर्धन खर्च अनुदान प्रदान गरिने भएकाले त्यस्तो अनुदान प्राप्त गर्न चाहने श्रमिक सहकारी सङ्घसंस्थाहरूले सहकारी संस्थालाई अनुदान सुविधा प्रदान गर्ने निर्देशिका, २०७३ को अधीनमा रही यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस विभागमा आइपुग्ने गरी आयोजना प्रस्ताव पेस गर्न यो सूचना पुनः प्रकाशन गरिएको छ ।

  • सहकारी सङ्घसंस्थाले आफ्ना सदस्यहरूलाई सामूहिक वा व्यक्तिगत रूपमा वस्तु वा सेवा उत्पादन गरी स्वरोजगारीका अवसर दिलाउने आयोजना ।
  • प्रस्ताव पेस गर्ने श्रमिक सहकारी सङ्घसंस्थाले उक्त म्यादभित्र देहायका कागजातहरू संलग्न गरी निर्देशिकाको अनुसूची २ (दुई) को ढाँचामा एक स्थानीय तहसम्म कार्यक्षेत्र भएका संस्थाहरूले सम्बन्धित स्थानीय तह र एक स्थानीय तहभन्दा बढी प्रदेशसम्म कार्यक्षेत्र भएका सङ्घसंस्थाहरूले सम्बन्धित प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट प्रमाणित निर्देशिकाको अनुसूची-४ प्रारम्भिक जाँचसूचीसहित र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएका सङ्घसंस्थाहरूले सोझै यस विभागमा दरखास्त दिनुपर्नेछः

(क) सङ्घसंस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि;
(ख) सङ्घसंस्थाको विनियमको प्रतिलिपि;
(ग) आर्थिक वर्ष २०७४।७५ को लेखापरीक्षण प्रतिवेदन (तर चालु आवमा दर्ता भएका सङ्घसंस्थाको हकमा दर्तावाल लेखा परीक्षकबाट प्रमाणित पछिल्लो वित्तीय विवरण);
(घ) आर्थिक वर्ष २०७४।७५ मा वा सो आव अगावै दर्ता भएका सङ्घसंस्थाहरूको हकमा आव २०७४/७५ को कर चुक्ताको प्रमाणपत्र;
(ङ) आयोजनाको विस्तृत प्रस्ताव;
(च) साधारण सभाबाट आयोजना प्रस्ताव स्वीकृत गरी अनुदान माग गर्न गरिएको निर्णयको प्रतिलिपि (तर चालु आवमा दर्ता भएका सङ्घसंस्थाहरूको हकमा प्रारम्भिक साभारण सभा वा सदस्यहरूको भेलाबाट आयोजना प्रस्ताव पारित गरिएको निर्णयको प्रतिलिपी);
(छ) सञ्चालक समितिका पदाधिकारीहरूको नाम, ठेगाना र सम्पर्क टेलिफोन नम्बर खुलेको विवरण;
(झ) जग्गा प्राप्त गर्नुपर्नेमा प्राप्तिको भरपर्दो व्यवस्था खुल्ने कागजात;
(ञ) आयोजनाका लागि सङ्घसंस्थाको तर्फबाट परिचालन गरिने पुँजीको स्रोत खुलेको कागजात र
(ट) निर्देशिकाको अनुसूची ३ बमोजिमको विवरण ।

  • सम्बन्धित स्थानीय तह वा प्रदेश मन्त्रालयबाट आफ्नो कार्यक्षेत्रभित्र पर्ने सहकारी सङ्घसंस्थाहरूबाट सिफारिसका लागि प्राप्त हुन आएका आयोजना प्रस्तावहरू उपर निर्देशिकाको दफा १२ बमोजिम प्रारम्भिक छानबिन गर्दा कार्यालयमा उपलब्ध अभिलेख भिडाउनुका साथै स्थलगत निरीक्षणसमेत गर्न सकिनेछ र सोही निर्देशिकाको अनुसूची ४ प्रारम्भिक जाँचसूचीमा उल्लिखित बुँदामध्ये कुनैमा असफल भएको पाइएमा त्यस्तो दरखास्त स्वीकृत नहुने बेहोराको जानकारी आवेदक सङ्घसंस्थालाई गराउन सकिनेछ ।
  • संस्थाको प्रत्यक्ष रोजगार पाउने सदस्य सङ्ख्याका आधारमा प्रतिसदस्य रु. ३० हजार (महिला संस्थाको हकमा रु. ४५ हजार) वा कुल रु. ७ लाख ५० हजार (महिला संस्थाको हकमा रु. ९ लाख) मा जुन घटी हुन्छ सो बराबरसम्म बीउपुँजी अनुदान उपलब्ध गराउन सकिनेछ ।
  • नेपाल सरकारको सम्बन्धित निकाय वा अन्य निकायहरूबाट प्रस्तावित आयोजना सञ्चालनका लागि प्राप्त भएको वा हुने आर्थिक, प्राविधिक वा भौतिक सहयोग वा उपयुक्तताको सिफारिस भए सोको विवरणका साथै तत्सम्बन्धी कागजात दरखास्तसाथ संलग्न गर्नुपर्नेछ ।
  • पेस हुन आएको आयोजना प्रस्तावको मूल्याङ्कन सहकारी संस्थालाई अनुदान सुविधा प्रदान गर्ने निर्देशिका, २०७३ बमोजिम गरिनेछ ।
  • चालु आर्थिक वर्ष (२०७५।७६) को वार्षिक कार्यक्रम तथा बजेटका आधारमा प्राप्त आयोजना प्रस्तावहरू स्वीकृत गर्ने, नगर्ने अधिकार यस विभाग तथा निर्देशन समितिमा निहित रहनेछ ।
  • दरखास्तको ढाँचा, आयोजना प्रस्तावको विवरण र छनौटसम्बन्धी विस्तृत जानकारी यस विभागको वेभसाइट (http://deoc.gov.np) मा राखिएकोे सहकारी संस्थालाई अनुदान सुविधा प्रदान गर्ने निर्देशिका, २०७३ बाट प्राप्त गर्न सकिनेछ ।
  • कुनै कारण जनाई वा नजनाई प्राप्त प्रस्तावहरू अस्वीकृत गर्न सकिनेछ ।

पुनश्चः पेस हुन आएका कागजात वा विवरण झुट्टा ठहरिएमा प्रचलित कानुनबमोजिम कारबाई हुने बेहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।</span> <div> &nbsp;</div>

डाउनलोड

Website Views:
Web Counter