विकास साझेदारी

नेपालमा सहकारी विकास अवस्थाको छिटो — र आवश्यकीय रूपमा सामान्य — लेखाजोखा तीनोटा दृष्टिकोणबाट गर्न सकिन्छ : सहकारी गतिविधिमा लक्षित समूह संलग्नता, अपेक्षित क्षेत्रमा सहकारी व्यवसायको फैलाउ र सहकारी कार्यका छर्लङ्गै देखा पर्ने आर्थिक–सामाजिक असर । अधिकांश पर्यवेक्षकहरू पाँच बिन्दुको गुणात्मक नापो — अति उच्च, उच्च, मध्यम, न्यून र अति न्यून – मा प्रस्तुत देहायसँग सहमत होलान् :

तालिका १ : सहकारी गतिविधिमा संलग्नता

लक्षित समूह

संलग्नताको स्तर

टिप्पणी

  • कृषक

उच्च

सहकारी सदस्यता ६१ लाख पुगेको भए तापनि छमध्ये तीन अपेक्षित समूहका सहभागीहरू संलग्नताको अति न्यून वा न्यून स्तरमा रहेका छन् ।

  • कालिगड

न्यून

  • श्रमिक

अति न्यून

  • उपभोक्ता

 

  • बचत तथा ऋण सेवा

अति उच्च

  • वस्तु तथा अन्य सेवा

अति न्यून

  • वारपार वर्गीकृत जनसाङ्ख्यिक अंस       (जस्तै– महिला, अपाङ्गता भएका व्यक्ति, राष्ट्रिय गरिबी–रेखामुनि जीवनयापन गर्ने व्यक्तिहरू)

मध्यम

तालिका २ : अपेक्षित क्षेत्रमा सहकारी व्यवसायको फैलाउ

क्षेत्र

सघनताको स्तर

टिप्पणी

  • कृषि

 

सहकारी कार्य कागजी अर्थतन्त्रमा सघन भएको प्रतीत हुन्छ ।

  • उत्पादनपूर्वका सेवा

मध्यम

  • उत्पादनपछिका सेवा

न्यून

  • उद्योग

अति न्यून

  • सेवा

 

  • वित्तीय

अति उच्च

  • गैरवित्तीय

 

  • खुद्रा विक्री

अति न्यून

  • स्वास्थ्य स्याहार

मध्यम

  • अन्य (जस्तै– यातायात, सञ्चार, श्रम करार)

न्यून

  • उर्जा

अति न्यून

 

तालिका ३ : सहकारी कार्यका आर्थिकसामाजिक असर

रोह

असरको स्तर

टिप्पणी

  • उत्पादन

मध्यम

सहकारिताको आर्थिकभन्दा सामाजिक असरहरू बेसी दृष्टिगोचर हुन्छन् ।

  • उपभोग

अति न्यून

  • रोजगारी

 

  • कृषिमा

मध्यम

  • अन्यत्र

अति न्यून

  • कृषि उपजको समर्थन मूल्य

 

  • दूध

उच्च

  • अन्य

न्यून

  • उपभोक्ता मूल्यस्तर

अति न्यून

  • व्याजदर

 

  • बचतमा

उच्च

  • ऋणमा

न्यून

  • महिला सशक्तीकरण

अति उच्च

  • सामाजिक समावेशीकरण

उच्च

साधारणतया माथिका तालिकाहरूमा अति न्यून वा  न्यून हरूले नै विभागीय प्राथमिकता जनाउँदछन् । उदाहरणका लागि तालिका १ ले सङ्केत गर्दछ कि श्रमिकहरू धेरै जना सहकारी संस्थामा सङ्गठित भएका छैनन् । त्यसकारण विभागले श्रमिक सहकारी संस्थाहरू प्रवर्धन गर्न खोज्दैछ ।

सबै स्तरहरूको विचार भने सतर्कतापूर्वक गरिनुपर्दछ । सहकारी बचत परिचालनलाई नै लिन सकिन्छ । अति उच्च सहकारी बचत तथा ऋण कार्यकलाप हुँदाहुँदै पनि व्याजदरमा असर नगण्य नै देखा पर्दछस अर्थात् सापटीको लागत उच्च रहिरहेको छ । त्यसको मतलब सहकारी संस्थाहरू साधारण सदस्यहरूको साँचो नियन्त्रणमा छैनन् र दुई–चार जना सदस्यहरूबाट तिनको दुरुपयोग  भएको हुन सक्तछ भन्ने हुन्छ । त्यसकारण सहकारी बचत तथा ऋण कार्यकलापको समुचित नियमन विभागको उच्च प्राथमिकतामा परेको छ ।

एवं रीतले सदस्यतामा बहुसङ्ख्यक महिलाको प्रतिनिधित्व नेतृत्वमा पर्याप्त छैन । विभागले महिला नेताहरूलाई अनेक तवरबाट विशेष गरेर प्रशिक्षण र विकास प्रयासबाट प्रोत्साहित गरिरहेको छ । निषेधात्मक नभएर सुधारात्मक नियमन, सहयोगी प्रवर्धन र आवश्यकता सम्बोधक प्रशिक्षण औ विकास विभागको वास्तविक चुनौती बनेको छ । आफ्नै प्रयत्नहरूलाई सघाउन विभागले इच्छुक निकायहरूसँग विकास सहयोग स्वागत गर्नेछ । ज्ञान नै अत्यावश्यक स्रोत भएकाले सँगै जान्ने पहलहरूकै वरिपरि फलदायी साझेदारी केन्द्रित होला ।