प्रकाशित मिति : २०१८-१०-२९

इतिहासभरि स्वतन्त्र देश रहेर पनि नेपालले २००७ सालमा मात्र प्रजातन्त्र पायो । त्यस बेलाको जनक्रान्तिले १०४ वर्षे राणा जहानियाँ तन्त्रलाई जनतासमक्ष सत्ता फिर्ता गर्न बाध्य तुल्यायो । अन्तरिम सरकारमा प्रतिनिधित्व गर्ने जननेताहरूले अब विकासको कुरो सोच्न पाए होलान् र सहकारिताको विचार गरेका हुनुपर्दछ ।

तीन वर्षभित्रै २०१० सालमा सहकारी विभाग खडा गरियो र सर्वसाधारणमाझ सहकारितालाई प्रोत्साहन दिने जिम्मा लगाइयो । नेपाल सरकारका नयाँ  निकायमध्येको एकको रूपमा विभागले छिट्टै दुई जना अधिकृतहरूलाई श्रीलङ्कामा सहकारी संस्थाहरूको विकासमा हासिल भएको झन्डै आधा शताब्दीको अनुभवबाट सिक्न पठायो । स्वदेश फर्कनासाथै उनीहरूले आवश्यक कानुनका खण्ड मसौदा गर्नुका साथै कार्यक्रम बनाए ।

त्यसैबीच ५० वर्षमा नजानिएको जलातल बाढी आयो । वि. सं. २०११ को साउन ९ देखि १३ गतेसम्म अविरलझैँ परेको वर्षाबाट उत्पन्न त्यस विपत्तिले देशका धेरै पूर्वी र मध्य भाग अनि केही प